Logo

रहेनन् काठमाडौं महानगरका पूर्ववडाध्यक्ष चन्द्रानन्द नेवा

२९ वैशाख ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व वडाध्यक्ष चन्द्रानन्द नेवाको निधन भएको छ । बुधबार राति नेवाको घरमै निधन भएको हो ।

विसं. १९८९ मा जन्मिएका नेवाले २०१९ सालदेखि २०५९ सालसम्म काठमाडौं महानगरमा जनप्रतिनिधिका रुपमा काम गरेका थिए । खुट्टा दुख्ने र रक्तचापको समस्या भएपछि पछिल्लो समय उनी अस्वस्थ थिए ।

स्वतन्त्र बाम उम्मेद्वारका रुपमा उनी २०१९ सालमा स्थानीय निर्वाचनबाट वडा सदस्य निर्वाचित हुँदा अहिलेको वडा नम्बर १८ त्यसबेला वडा नम्बर १२ थियो । त्यसपछि उपप्रधानपञ्च हुँदै २०३२ सालको निर्वाचनबाट प्रधानपञ्च चुनिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्