Logo

ललितपुरका मेयरका प्रत्यासी कहाँबाट खसाल्दै छन् भोट ?


३० वैशाख ०७९, ललितपुर । आसन्न स्थानीय निर्वाचनका क्रममा आज देशभर मतदान हुँदैछ । यस निर्वाचनमा ललितपुरका मेयर उपमेयरलगायत पदका उम्मेदवारहरु पनि आफैलाई भोट हाल्दैछन् ।
नेकपा एमाले ललितपुर मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले च्यासलको श्रमिक शान्ति स्कुल र उपमेयरका उम्मेदवार मञ्जली शाक्यले नागवहाल मतदान केन्द्रबाट बिहान ७ः१५ मा मतदान गर्ने कार्यक्रम रहेको छ ।
ललितपुर महानगरका नेपाली काँग्रेसका मेयरका प्रत्यासी चिरिबाबु महर्जन धोविघाटस्थित आइडल मोडल स्कूलमा विहान ७ बजे नै मतदान गर्दै छन् ।
वागमती गाँउपालिका उम्मेदवार नवराज संजेल नारायणी मावि गिम्दी मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
गोदावरी नगरपालिकाकी उपमेयरकी उम्मेदवार मुना अधिकारी गोदावरी नगर वडा नं. ३ बाट मतदान गर्दैछिन् भने मेयरका उम्मेदवार गजेन्द्र महर्जन गोदावरी १२ ठेचोबाट मतदान गर्ने कार्यक्रम छ ।
गोदावरी नगरका नेकपा एमालेका उम्मेदवार गम्भिर राना गोदावरी ६ टिकाभैरवमा मतदान गर्दैछन् भने उपमेयरकी उम्मेदवार रमि प्रधानांगले किटिनी मावि टौखेलबाट ७ बजे मत खसाल्ने कार्यक्रम छ ।
महालक्ष्मी नगरका नेकपा एमालेका मेयरका प्रत्यासी हरिगोविन्द महर्जन महालक्ष्मी मावि लुभु ८ बजे मतदान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्