Logo

हिमाली जिल्ला मुगुमा वर्षा

खड्क सुनार

३० वैशाख ०७९, मुगु । हिमाली जिल्ला मुगुमा वर्षा भएकाे छ । तर, वर्षाका बीच ओत लागेर मतदान भइरहेकाे छ । ओतका लागि पाल टाँगिएकाे छ । चार वटा स्थानीय तह रहेका मुगुमा ३५ हजार ८९ जना मतदाता छन् । जसमा महिला १६ हजार ९ सय ४५ र पुरुष १८ हजार १ सय ४४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।

न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्