Logo

डोकोमा चढेर मतदान, केही क्षणमै मृत्यु


३० वैशाख ०७९, जाजरकोट । जाजरकोटको जुनिचादे गाउँपालिका ४ का ७४ वर्षीय सार्के खड्काको शुक्रबार स्थानीय तह निर्वाचनमा मतदान गरेको केही समयमै मृत्यु भएको छ ।
मतदानका लागि उनलाई डोकोमा राखेर मतदान केन्द्रसम्म ल्याइएको थियो । उनका छोरा भीमबहादुर खड्का जुनिचादे ४ बाट वडाध्यक्षका उम्मेदवार थिए । मत दिएको केही मिनेटमा नै उनको मृत्यु भएको नाति रेशम खड्काले बताए ।

 

प्रतिक्रिया दिनुहोस्