Logo

ललितपुरमा खस्यो झण्डै २ लाख मत (प्रत्येक पालिकाको तथ्याङ्क सहित)

१ जेठ ०७९, ललितपुर । ललितपुरमा १ लाख ७९ हजार ७ सय मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख गिता धमलाले प्रहरीबाट प्राप्त तथ्याङ्क उदृत गर्दै सबै पालिकामा खसेको मत परिणाम बारे जानकारी दिदै भनिन्, ‘हामी सबै ठाँउको मतपेटिका बुझ्दैछौं ।’
ललितपुरको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीका अनुसार ललितपुर महानगरमा जम्मा ८६ हजार ५४० मत खसेको छ । महानगरमा जम्मा मतदाता एक लाख २२ हजार ८९० रहेका छन् ।


गोदावरी नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार ४२ हजार १ सय ९६ मत खसेको छ । यस नगरपालिकामा नगरपालिकामा ५४ हजार ३९९ जना मतदाता रहेका छन् ।
महाङ्काल गाउँपालिकाकी निर्वाचन अधिकृत सुशिला ज्ञवालीका अनुसार नौ हजार १२ मतदाता रहेकामा सात हजार ६०० मत खसेको छ । यो ७७ दशमलव ९६ प्रतिशत हो ।
वाग्मती गाउँपालिकामा जम्मा मतदाता १२ हजार ३२८ मध्ये नौ हजार ६१७ ले मत हालेको निर्वाचन अधिकृत नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए । यहाँ जम्मा ७८ दशमलव ०१ प्रतिशत खसेको छ ।
कोञ्ज्योसोम गाउँपालिकामा ७५ दशमलव ५४ प्रतिशत मत खसेको छ । यस गाउँपालिकामा आठ हजार ५८८ मतदाता रहेका छन् । जिल्लामा कूल दुई लाख ४३ हजार ८८४ मतदाता पुगेका छन् । पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक छन् ।
महालइमी नगरपालिकामा भने २७ हजार ७ सय १६ मत खसेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्