Logo

दक्षिण ललितपुरको वागमतीमा गठबन्धन अगाडि


३१ जेठ ०७९, ललितपुर । वागमती गाँउपालिकामा काँग्रेस माओवादीको गठबन्धन अगाडि लागेको छ ।
वागमती गाँउपालिकाका निर्वाचन अधिकृत नागेन्द्रकिशोरी पोखरेलका अनुसार वागमती गाँउपालिका १ घुसेलको मत गणना गर्दा गठबन्धनका उम्मेदवार विरबहादुर लोप्चनले १ सय ६९ गणना गर्दा ९१ मत ल्याएका हुन् ।
एमालेका उम्मेदवार नवराज सञ्जेलले ६७ मत ल्याएका छन् । उपाध्यक्ष भक्तबहादुर दर्लामीले ९०मत ल्याएका छन् भने उपाध्यक्ष नमूना दोङले ५६ मत पाएकी छिन् ।

पछिल्लो समय दक्षिण ललितपुरको घुसेलको मतगणना भएको हो ।

प्रतिक्रिया दिनुहोस्