Logo

ललितपुरको गोदावरी नगरपालिकामा पनि गठबन्धन अगाडि


३१ वैशाख ०७९, चापागाँउ । ललितपुरको गोदावरी नगरपालिकामा पनि माओवादी काँग्रेसको गठबन्धन अघि देखिएको छ
गोदावरी नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार गठबन्धनका मेयरका उम्मेदवार गजेन्द्र महर्जनले ६ सय २५ मत ल्याएका छन् भने उपमेयर मुनाअधिकारीले ६ सय २६ मत पाएकी छिन् ।
एमालेका उम्मेदवार गम्भिर रानाले ४ सय ५३ मत पाए भने उपमेयरकी उम्मेदवार रमि प्रधानांगले ४ सय ५२ मत पाएकी छिन् ।
एमालेका वडाध्यक्ष उम्मेदवारले भने४ सय ५३ मत पाएका छन् ।
गोदावरी नगरको १ नम्बर वडा गोदामचौरबाट मतगणना सुरु भएको अधिकृत रिजालले बताइन् ।

नगरपालिकामा १ हजार १ सय ६६ मत गणना गर्दा यो परिणाम सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्