Logo

दक्षिण ललितपुरको माहाँकाल गाँउपालिकामा हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद, एमाले समर्थकले गरे ढुंगामुढा

३१ जेठ ०७९, ललितपुर । दक्षिण ललितपुरको माहाँकाल गाँउपालिकामा मतदान अधिकृतको हस्ताक्षर नभएको १५ वटा मतपत्र भेटिएपछि विवाद भएको छ ।
नेकपा एमालेकी पालिका अध्यक्ष उम्मेदवार कमला तामाङका अनुसार हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको तर आफूलाई मतगणना स्थलमा प्रवेश गर्न रोकेको बताइन् । उनले भनिन्, ‘मलाई विवाद भएपछि मतगणना स्थालमा प्रवेश गर्न दिइएन । गण्बन्धनका उम्मेदवार गणेश केसीलाई चाही मतगणना स्थलमा प्रवेश गर्न दिइएको छ । यसमो मेरो आपत्ती छ ।’
एमाले उम्मेदवारलाई २ घण्टाम्मि बाहिर राखेर गठबन्धनका उम्मेदवारहरुमात्रै भित्र बसेपछि एमाले समर्थकले ढोकामा ढुंगामुढा गरेका छन् । एमालेकी उम्मेदवार तामाङले भनिन्, ‘गठबन्धनका उम्मेदवारलाई भित्र राखेर हामीलाई बाहिर पठाउदा शंका भयो । हाम्रा कार्यकर्ताले यो सहन सक्दैनन्।’
उम्मेदवारीपछि मनोनयनका क्रममा गठबन्धनमा विरोधपछि स्वतन्त्र उम्मेदवारी दिएका भगिरथ तिमल्सिनाले जसरी पनि जित्न गठबन्धनले षड्यन्त्र गरेको आरोप लगाए ।
उनले भने,‘हस्ताक्षर नभएको मतपत्र भेटिएको अवस्थामा त्यो मतपत्र रद्द गरेर मतगणना हुनु पर्छ ।’
करिव ४ सय मत गणना हुँदा १ सय मत रहेको बण्डलमा ११ वटा हस्ताक्षर नभएको मतपत्र भेटिएको थियो ।
हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतगणना स्थलमा फेरि मत दान गर्नुपर्ने माग उठेको छ ।
४ सय मत गणना हुँदा विवाद भएको हो । जानकारी अनुसार गण्बन्धनका उम्मेदवार गणेश केसीको २ सय ४३, एमाले उम्मेदवार कमला तामाङको १ सय २१ मत पाएका छन् । गठबन्धनकी उपाध्यक्ष डोल्मामायाँ गोलेको २४३, एमालेका उपाध्यक्ष उम्मेदवार पुरुषोत्तम हुमागाँईले १ सय २१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्