कर्मचारीको साथबाट स्वस्तिक छाप र मोबाइल फेला परेपछि तनाव, दुई राउन्ड हवाई फायर
३१ जेठ ०७९, इलाम । मतगणनाको क्रममा इलामको देउमाई नगरपालिकामा तनाव भएको छ । गणनामा बसेको कर्मचारीको गोजीबाट स्वस्तिक छाप र मोबाइल फोन फेलापरेपछि तनाव सुरु भएको हो ।
विवादले उग्ररुप लिएपछि झडपको अवस्था आएको हो ।विवाद हुँदा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ ।
आक्रोशित भिडले नगरपालिकाको कार्यालय पनि तोडफोड भएको छ । केही म्यादी प्रहरी घाइते भएका छन् भने गठबन्धन दलका नेता कार्यकर्ताले पुन मतदानको माग गरेका छन् ।