Logo

बागमती १ वडाध्यक्षमा लोसहित गठबन्धनको पुरै टिमले बिजयी


३१ वैशाख ०७९, ललितपुर । ललितपुरको बागमती गाउँपालिका १ घुसेलमा गठबन्धनको पुरै टिमले बिजय प्राप्त गरेको छ ।
३१ जेठ ०७९, ललितपुर । गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञान बहादुर लोले ६ सय ७ मत ल्याएर बिजय भएका हुन् । उनको विपक्षमा नेकपा एमालेका पुरुषोत्तम घिमिरेले ४ सय ५१ मत ल्याएका थिए ।
पालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार वीर बहादुर लोप्चन नै अघि छन । नेपाली काँग्रेसका तर्फबाट गठबन्धन उममेदवार बनेका वीरबहादुर लोप्चनको ५ सय ८५ र नेकपा एमालेको तर्फबाट अध्यक्ष पदको उम्मेदवार नवराज सन्जेलले ४८६ ल्याएका छन् । उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका भक्तबहादुर दर्लामीले ५ सय ६३ मत पाए भने नेकपा एमालेका तर्फबाट नमुना दोङले ४ सय २६ मत ल्याएकी छिन् ।
यो स्थानीय निर्वाचनमा घुसेलमा कुल १ हजार १ सय २३ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्