Logo

काठमाडौंको शंखरापुर– १ मा माओवादी केन्द्र विजयी

१ जेठ , काठमाडौं । काठमाडौंको शंखरापुर वडा नंबर १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । सो वडाध्यक्षमा माओवादी केन्द्रका बाबुराम दंगाल विजयी भएका छन् । ६ सय ७४ मत ल्याएर उनी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका दलबहादुर तामाङले ६ सय ६ मत ल्याएका छन् ।

यस्तै एमालेका प्रकाश दंगालले ५ सय ५६ मत पाएका छन् । ४ वडा सदस्यमा भने नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरू विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्