Logo

भक्तपुरमा कांग्रेस र नेमकिपाले दुई दुई वडा जिते

१ जेठ , काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत हालसम्म भएको मतगणनामा भक्तपुर जिल्लामा नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले दुई दुई वटा वडा जितेका छन् ।

मध्यपुरथिमि नगरपालिकाको वडा नं. १ र २ को वडाध्यक्षमा नेपाली कांग्रेस तथा भक्तपुर नगरपालिकाको वडा नं. १ र ३ को वडाध्यक्षमा नेमकिपा विजयी भएका छन् ।

अन्तिम मत परिणाम अनुसार मध्यपुर थिमि–१ मा कांग्रेसका तर्फबाट अध्यक्ष पदमा उम्मेदवार बनेका बाबुकाजी डंगोलले १ हजार ७ सय १० मत ल्याई विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल प्याथले १ हजार २९० मत पाउनु भयो ।

यस्तै, मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा कांग्रेसकै श्रीकृष्ण श्रेष्ठले ९८८ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका प्रकाश थापामगरले ८९४ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी, भक्तपुर नगरपालिका–१ को वडाध्यक्षमा नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीले २ हजार १२२ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका रमेश न्याइच्याइले ५७४ मत गर्नु भएको छ । सो वडामा नेमकिपाविरुद्ध नेपाली कांग्रेस, एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।

यस्तै, भक्तपुर नगरपालिका–३ मा पनि नेमकिपाको राजकृष्ण गोराले दुई हजार ४४० मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका शिव अवालले ७०५ मत गर्नु भएको छ ।

भक्तपुर नगरपालिकाका यी दुवै उम्मेदवार यसअघिको स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्