Logo

ललितपुरमा चिरिबाबुलाई दोब्बर अग्रता

१ जेठ ०७९, ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले दोब्बरले अग्रता बनाएका छन् । पछिल्लो मतगणना अनुसार महर्जनले ८७७ मत पाउँदा एमालेका हरिकृष्ण व्याञ्जनकारले ४०२ मत मात्रै पाएका छन् । उपमेयरमा एमालेका उम्मेदवार मन्जली शाक्य बज्राचार्यले ४४४ मत पाएकी छिन् । गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बर्जाचार्यले १८१ मत मात्र ल्याएका छन् ।

गठबन्धनबाट ललितपुरमा काँग्रेसको मेयर र माओवादीको उपमेयरका उम्मेदवार रहेका छन् । तर काँग्रेसको उम्मेदवार नभएपनि उपमेयरकाे रुख चिन्हमा ३३० मत खसेको छ । माओवादीले काँग्रेसको मत नपाएपछि उपमेयरमा एमालेका उम्मेदवारलाई अग्रता मिलेको छ । ललितपुर महानगरमा शनिबार दिउँसोबाट सुरु भएको मतगणना अत्यन्तै सुस्त छ ।

प्रतिक्रिया दिनुहोस्