Logo

चन्द्रनगरमा कांग्रेस नेता विजयी भएपछि पैसाको माला


१ जेठ ०७९, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका उमेद्वार रामेश्वर प्रसाद महतो विजयी भएपछि पैसाको मालाल लगाएर विजय उत्सव मनाइएको छ ।
नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका रामेश्वर प्रसाद महतो विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत प्राप्त गरे । उनको पक्षमा ६ सय ४६ मत परेको छ । यस्तै, महतोका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार सुशिल कुमार राय यादवले ३ सय ७१ मत मात्र प्राप्त गरे ।
यस्तै, गाउँपालिकामा पनि नेपाली कांग्रेसले अग्रता कायम गरिरहेको छ । पछिल्लो मत परिणामअनुसार मेयर पदको लागि कांग्रेसका उम्मेदवारको पक्षमा ७ सय ८० मत परेको छ । लोकतान्त्रिक समाजवादी र नेकपा(माओवादी केन्द्र) का उम्मेदवारलाई क्रमशः३ सय ५७ र २ सय ९७ मत परेको छ ।
उपमेयर पदमा नेपाली कांग्रेसकी मंजु देवीलाई ५ सय ८४ मत परेको छ भने लोसपाकी उम्मेदवार कुन्तिदेवी साहलाई ३ सय ४९ र माओवादी केन्द्रकी उम्मेदवार गिता देवी महतोलाई ३ सय ८५ मत परेको छ ।

प्रतिक्रिया दिनुहोस्