Logo

ललितपुर कोञ्ज्योसोममा मतगणना : एमाले अगाडि, गठबन्धन पछाडि


१ जेठ ०७९, ललितपुर । ललितपुरको कोञ्ज्योसोम गाँउपालिकामा जारी मतगणनामा नेकपा एमालको मत धेरै रहेको छ भने गठबन्धनको मत थोरै देखिएको छ ।
गाँउपालिकाकी मतदान अधिकृत देविकुमारी चौधरीका अनुसार पछिल्लो समयसम्म नेकपा एमालेका लामाले १ हजार ५ सय ३३ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार गोपिलाल सिंतानले ९ सय ७५ मत पाएका छन् । उपमेयरमा पनि नेकपा एमालेली रनिता तामाङले १ ह्जार ६४ मत पाएकी छिन् । भने गठबन्धनका उपमेयर उमेरदार राजनप्रसाद घिमिरेले १ हजार २ सय १ मत पाएका छन्
। गाँउपालिकामा मत गणना निरन्तर गणना भइरहेकोे र कुनै समस्या नआएको मतदान अधिकृत चौधरीले बताइन् ।
उनका अनुसार अहिलेसम्म २ हजार ७ सय २९ मत गणना भएको छ । यस पालिकामा ६ हजार ४ सय ८६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्