ललितपुर महानगरमा अब तीन ठाउँबाट मतगणना
१ जेठ ०७९, ललितपुर । मत गणनामा ढिला भएपछि ललितपुर महानगरपालिकामा दुई वटा गणनास्थल थप गरिएको छ। यसअघि एउटा मात्रै गणनास्थल थियो। शनिबारदेखि नै गणना सुरु गरिए पनि एउटा मात्रै वडाको गणना सकिएको छ। अरु दुई ठाउँमा पनि मतगणना गर्ने तयारी भइरहेको ललितपुर प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।
यता महालक्ष्मी नगरपालिकामा भने रोकिएको छ। ४३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि रोकिएको हो।