Logo

पल शाह प्रकरण : बिहीबार हुने भनिएको सुनुवाइ स्थगित

५ जेठ ०७९, काठमाडौं । अभिनेता पल शाह प्रकरणमा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालतले जनाएको छ  ।

अदालतका अनुसार अब अर्को हप्ताको बिहीबार मुद्दामा सुनुवाइ हुनेछ  ।

नाबालिग बलात्कार गरेको अभियोगमा पल शाह  तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि थुनामा थिए ।

उक्त आदेशविरद्ध शाहले उच्च अदालत, पोखरामा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्