नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित
१३ जेठ ०७९,काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम ०७९/८० राष्ट्रियसभाबाट पारित भएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री गोविन्द बन्दीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीनवटा संशोधन प्रस्ताव परेको थियो ।