Logo

ललितपुरकी उपमेयर मञ्जलीलाई जनजाती महासंघको बधाई


१४ जेठ ०७९, ललितपुर । स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी मञ्जली शाक्य आश्थालाई नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाती महासंघ ललितपुरले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
नेकपा एमालेबाट ललितपुर महानगरको उपमेयरमा उम्मेदवार निर्वाचित भएकी शाक्यलाई पार्टीको जनसङठनको तर्फबाट महानगरस्थित शाक्यको कार्यकक्षमै पुगेर महासंघले बधाई तथा शुभकामना व्यक्त गरेको हो ।
बधाई तथा शुभकामना कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ,केन्द्रिय सचिव किरण थापामगर,केन्द्रिय सदस्य राजेन्द्र थापामगर,जिल्ला अध्यक्ष विष्णुकला राई,उपाध्यक्ष मदन श्रेष्ठ,सहसचिव किरण श्रेष्ठ तथा कोषाध्यक्ष मधु श्रेष्ठ लगायतको सहभागिता थियो । महासंघले शाक्यलाई सम्मान पत्रसमेत प्रदान गरेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरको मेयरमा काङ्ग्रेसका चिरीबाबु महर्जन र उपमेयरमा एमालेकी आस्था शाक्य निर्वाचित भएका छन् । यसैगरी २९ वडामध्ये ११ वडामा काङ्ग्रेस ,११ वडामा एमाले, ३ वडामा माओवादी केन्द्र , २ वडामा नेकपा एकीकृत समाजवादी र २ वडामा स्वतन्त्र उम्मेदवारहरु निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्