Logo

काठमाडौंको बुढानिलकण्ठमा दिउँसै चोरी


१४ जेठ ०७९,काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा दिउँसै चोरी भएको छ । प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका ८ रुद्रमती टोल बस्ने सुरेन्द्र शाहीको घरबाट कोही नभएको अवस्थामा चोरी भएको हो ।
घरमा कोही नभएको अवस्थामा ढोका फुटाई करिब ३ तोला सुन, १५ तोला चाँदी तथा नगद समेत गरी करिब ४ लाख रूपैयाँ बराबरको धनमाल शूक्रबार दिउँसो चोरी भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्