Logo

मकवानपुर लटरमेश्वरको रोमाञ्चक यात्रा (तस्विरहरु)

३० जेठ ०७९, मकवानपुर । उत्तरी मकवानपुरको लटरम्मेश्वर एउटा रमाइलो साहासिक पहाडी यात्राका बीच पुग्न सकिने पर्यटकीय गन्तव्य हो । दक्षिण ललितपुरबाट सझिलै पुग्नसकिने यस स्थान बकैयाँ गाउँपालिकामा अवस्थित छ ।


यहाँ पुग्न देशकै पुरानो राजमार्ग कान्तिपथ हुँदै जान सकिन्छ । ललितपुरको सातदोवाटो चापागाँउ लेले भट्टेडाँडा बगुवा र ठिंगन पुगेपछि पैदल यात्रा गर्न सकिन्छ ।

मकवानपुरस्थित हेटौंडाको बुद्धबाट कान्तिलोकपथ हुँदै ठिंगन पुग्न हुँदै ४० किलोमिटर सडक यात्रा पार गरेपछि खोर भन्ज्याङ पुग्न सकिन्छ । यहाँबाट रुद्रस्थली र खोर भन्ज्याङबाट पश्चिम दिशामा कान्तिलोकपथ छाडेर ४ किलोमिटर कच्ची सडक यात्रा पश्चात रातो माटेबाट पैदल यात्रा सुरु हुन्छ । पदैल यात्रा २ घण्टा३० मिनेट गर्नु पर्ने हुन्छ । सुरुवातमा गाउँ भेटिन्छ अनि जंगलै जंगल ।


जंगलको बिचमा एक स्थानमा ओत लाग्ने ठाउँ छ । बतै कतै गाई बस्तुको गोठ छन् । दुई स्थानमा रेलिङ सहितको भ¥याङ भेटन सकिन्छ । बाँकी बाटो गोरेटो बाटो छ ।

लटरम्मेश्वरमा गुफा भित्र लटरमेश्वर महादेवको मुत्ति सहितको थान रहेको छ । बाहिर पट्टी घण्टी छ । गुफाको माथि त्रिशुल सहितको अग्लो स्थानमा पुजा गर्ने ठाउँ रहेको छ ।

समुन्द्र सतहदेखि १८ सय मिटरको उचाईमा अवस्थित लटरम्मेश्वर रमाइलो छ । दक्षिण ललितपुरबाट डव्लु आकारमा देखिने हुँदा आजकाल यस ठाँउलाई डव्लु डाँडा पनि भन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्