Logo

खोकनावासीलाई रोपाइँको चटारो (तस्विरहरु)

१ असार ०७९, ललितपुर । असार लागेसँगै ललितपुरको खोकनावासीलाई रोपाइँको चटारो छ । केही दिनयता परेको वर्षाले किसानलाई रोपाइँ गर्न सजिलो भएको छ ।


मानो रोपेर मुरी फलाउने असार महिना मनसुनलागेसँगै किसान सेतका गह्रामा काम गरिरहेको अवस्थामा भेटिन्छन् ।


पछिल्लो समय खेतमा हल गोरु भेन्दिैनन् । हल गोरु दाउदै हह माले होइन ट्याक्टरको आवाज सुनिन्छन् । असारे भाका रोपाहारहरुले विर्सिसकेका छन् ।


पछिल्लो समय खेतको कुलोमा ढल राख्न थालिएको छ । ठाँउ ठाँउमा फाँटैमा घर ठडिएपछि खेतमा कुलो काट्न समेत समस्या पर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्