Logo

काठमाडौंको नैकापमा दिउँसै चोरी


७ असार ०७९, काठमाडौं । काठमाडौंको नैकापमा दिउसै चोरी भएको छ । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका १४ बालकुमारी नैकाप बस्ने ३५ वर्षीय असोक खड्काको घरबाट सुनका विभिन्न गहना गरी करिब १४ लाख रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको हो ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका प्रहरीले जानकारी दिएकोे छ ।

प्रतिक्रिया दिनुहोस्