Logo

भक्तपुरका घिमिरे बैंकिङ कसुरमा पक्राउ

shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

८ असार ०७९, भक्तपुर । बैंकिङ कसुर मुद्दामा फरार उपेन्द्र घिमिरेलाई प्रहरी वृत जगाती भक्तपुरले पक्राउ गरेको छ । खोटाङको हलेसी नगरपालिका वडा नम्बर–६ घर भई अहिले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर–५ कटुञ्जे बस्दै आएका ३५ वर्षका घिमिरे पक्राउ परेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनी विभिन्न १० जना व्यक्तिलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी दुई करोड बत्तिस लाख चालिस हजार रुपैयाँ बराबरको बैंकिङ कसुर गरी फरार रहेका थिए । पक्राउ परेका घिमिरेमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्