Logo

पप गायक विजय लामाले ल्याए ‘नलाउ भन्छु माया’


८ असार ०७९, काठमाडौं । पप गायक विजय लामाले आफ्नो नयाँ गीत ‘नलाउ भन्छु माया’को भिडियो सार्वजनिक गरेका छन् ।
गीतकार, गायक तथा संगीतकार सञ्जिव पुडासैनीको शब्द सृजना तथा संगीतमा तयार भएको सार्वजनिक भिडियोमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । जसमा प्रिया रानी लामा र राजु ग्याबकको अभिनय देख्न सकिन्छ ।
शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको गीतमा किशान श्रेष्ठको मिक्स एण्ड मास्टरिङ छ । फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोको सुटिङ नगरकोटमा गरिएको हो ।
गायक लामाका तोङ्बाको तातो पानी, नखानु पानी तोङ्बाको, ए कान्छी तिमीलाई, भोलि फर्की आउँछु आउँदिनलगायतका गीतहरुले राम्रो चर्चा कमाएका छन् । भिडियो उनको आफ्नै युट्युब च्यानल विजय लामा अफिसियलबाट बजारमा ल्याइएको हो । न्युज कारखाना

 

प्रतिक्रिया दिनुहोस्