Logo

साँखु क्षेत्रमा टिपरको ठक्करबाट महिलाको मृत्यु


८ असार ०७९, काठमाडौं । काठमाडौंको साँखु क्षेत्रस्थित शङ्खरापुर नगरपालिका १ देउरालीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
मङ्गलबार राति प्रदेश– ३–०१००६ ख ३४७४ नं को टिपरले ठक्कर दिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ फटकशिला घर भएकी लीलामाई दनुवारको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जनक पुरीले बताए ।
टिपर चालक सुमन लामालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पुरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्