Logo

ललितपुरमा घाइते जनावर बाेक्न भेटरीनरी एम्बुलेन्स सञ्चालन

८ असार ०७९, ललितपुर । ललितपुर महानगरपालिकाले घाइते जनावरलाई अस्पताल पुर्‍याउन बुधबारदेखि भेटरीनरी एम्बुलेन्स सुरु गरेको छ । जनावरको अधिकारका लागि लामो समयदेखि काम गरिरहेको संस्था स्नेहाज केयरसँगको सहकार्यमा महानगरले भेटरीनरी एम्बुलेन्स सेवा सुरु गरेको हो ।
महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बुधबार महानगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा एम्बुलेन्सको साँचो स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठलाई हस्तान्तरण गरे ।

महर्जनले विभिन्न कारणले घाइते भएका जनावरलाई उपचारका लागि अस्पताल पुर्‍याउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो एम्बुलेन्स सेवा सुरु गरेको बताए । स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठले बिरामी जनावर बोक्न अब सजिलो हुने बताइन् । उनले जनावरको अधिकारप्रति संवेदनशील भएकोमा महानगरलाई धन्यवाद दिइन् ।

प्रतिक्रिया दिनुहोस्