Logo

खातामा पैसा नभएको २ करोडको चेक दिएर झुक्याउने घिमिरे पक्राउ

साँकेतिक तस्विर : इन्टरनेट

८ असार ०७९, भक्तपुर । विभिन्न १० जना व्यक्तिहरुलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी २ करोड ३२ लाख ४० हजार रूपैयाँ बराबरको बैंकिङ कसूर गरी फरार रहेका घिमिरेलाई प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेकोे छ ।
बैकिंङ कसूर मुद्दाका फरार प्रतिवादी खोटाङ हलेसी नगरपालिका ६ स्थायी ठेगाना भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्