Logo

सत्यमोहन जोशीको घरको सङ्ग्रहालयमा चक्रसंवर पौभा भित्तेचित्र निर्माण लागि प्रदेश सरकारद्वारा ४५ लाख बजेट विनियोजन


९ असार ०७९, ललितपुर । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निवासमा रहेको सङ्ग्रहालयमा चक्रसंवर पौभा भित्तेचित्र निर्माण गरिने भएको छ ।
पौभा चित्र निर्माणका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ४५ लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले आज जोशी निवास पुगी सो जानकारी दिएका हुन् ।
केही समयअघि संस्कृतिविद् जोशीले आफूलाई घरमा बोलाएर निवासमा बनेको सङ्ग्रहालयमा आफ्नो अन्तिम इच्छाबमोजिम चक्रसंवर पौभा भित्ते चित्र निर्माणका लागि बजेट विनियोजन गरिदिन आग्रह गरेको मन्त्री श्रेष्ठले जानकारी दिएका छन् । संस्कृतिविद् जोशीको आग्रहअनुसार नै मन्त्रालयले बजेट विनियोजन गरेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्