Logo

काठमाडौंको बुढानिलकण्ठमा एक महिला मृत अवस्थामा फेला


९ असार ०७९, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठको निर्माणाधिन घरका एक महिला मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका ८ भंगालस्थित निर्माणाधिन घरमा निर्माणको काम गर्ने सोही नगरपालिका३ घर भएकी ४१ वर्षीया फुलमाया सुनार बुधबार सोही घरको भुइँतलामा मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्