Logo

महोत्तरी कारागारमा कैदीको मृत्यु


१० असार ०७९, महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका १ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए । छ उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वरमा लगिएकोमा चिकित्सकले उनलाई बिहान अढाई बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक कैदी राजकरणको शरीरमा कुनै पनि घाउ चोटलगायतका चिह्न सङ्केतहरु देखिएको छैन भने उनको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्