Logo

गोदावरी नगरपालिकासँग सुकुम्बासी समस्या समाधानका लागि सम्झौता


१० असार ०७९, ललितपुर । गोदावरी नगरपालिका र भूमि आयोग जिल्ला आयुक्त कार्यालयबीच सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलव्ध गराउने सम्बन्धमा सँगसँगै काम गर्ने सहमती भएको छ ।
शुक्रबार भएको सहमतीमा नगरपालिकाका मेयर गजेन्द्र महर्जन र भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले हस्ताक्षर गरेका छन् ।
नगरपालिकाको वडा नंं ३ गोदावरी नहरमा २ सय ५० भन्दा धेरै सुकुम्बासीको बसोबास छ ।
हस्ताक्षर कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख ऋषिदेव फुयाल, उपप्रमुख रामलाल थिङ, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रविण कोइरालालगायत सहभागी थिए ।
नेकपाको नेतृत्वमा बनेको सरकारले भूमि आयोग बनाएर सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलव्ध गराउने पहल सुरु भएको थियो । त्यसताका धेरै काम भए पनि सरकार परिवर्तन पछि प्रधानमन्त्री शेर बहादुर देउवाले आयोग विघटन गरेका थिए । केही समयपछि आयोगले पूर्णता पाएसँगै पछिल्लो समय धमाधम सम्झौता भएर काम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्