Logo

काठमाडौंको बानेश्वरमा चोरी


११ असार ०७९, काठमाडौं । काठमाडौंको बानेश्वरमा चोरी भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३१ कात्यानी चोकस्थित अच्युत कुमार ओझाको घरबाट सुनका विभिन्न गहनाहरू र नगद ८६ हजार रुपैयाँ गरी करिब ४ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्