Logo

फुटबलर भरत र नवयुग हिँडे अमेरिका


१६ असार ०७९, काठमाडौं । विभागीय त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास र नवयुग श्रेष्ठ अमेरिकामा हुने “अमेरिका कन्भेन्सन (एनएसी)“ फुटबल प्रतियोगिता खेल्न बिहिवार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।
राष्ट्रिय फुटबल टोलीका फरवार्ड समेत रहेका दुबै खेलाडी केही हप्ता अमेरिका रहने जनाइएको छ । पाचौं संस्करणको एनएसी प्रतियोगिता खेन दुबै खेलाडी त्यसतर्फ प्रस्थान गरेका हुन ।
भरत र नवयुग दुवैले आयोजकको लस एन्जलस (एलए) को टोलीबाट खेल्नेछन् ।
हाल भरत राष्ट्रिय टोली बाहिर छन् । यस्तै, नवयुग श्रेष्ठ पछिल्लो एएफसी एसियन कप छनोटमा नेपाली टोलीको कप्तानी गरेका थिए । न्युज कारखाना

 

प्रतिक्रिया दिनुहोस्