Logo

कोञ्ज्योसोमको बजेट पारित


१६ असार ०७९, ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको बजेट पारित भएको छ । गाँउपालिकाका प्रवक्ता तीर्थबहादुर घलानका अनुसार गत जेठ १० गते दशौं गाँउसभामा पेश भएको बार्षिक नीति तथा कार्यक्रम, आर्थिक विद्ययक २०७९ र विनियोजन विद्ययक २०७९ माथि गाँउसभामा दफावार छलफलपछि पारित गरिएको हो ।
आउँदो आर्थिक वर्षका लागि गाँउसभामा ४७ करोड ५७ लाख ८२हजार बराबरको अनुमानित बजेट पेश गरिएको थियो । गाँउसभाले स्थानीयविपत व्यवस्थापन कोष र अतिरिक्त ममैत सम्भार कोषको समेत व्यवस्था गरेको प्रवक्ता घलानले बताए । पालिकास्तरका योजनालाई बजेटमार्फत निरञ्तरता दिएको बताइएको छ ।
संविधानत जेठ १५ गते संघको बजेट ल्याउनु पर्ने व्यवस्था छ भने प्रदेशले असार १ गते र स्थानीय निकायले जेठ १० गतेभित्र बजेट ल्याई असार मसन्तसम्म पारित गर्नु पर्छ । साउन १ गतेबाट ापरित बजेट कार्यान्वयानमा जान्छ ।

प्रतिक्रिया दिनुहोस्