Logo

सुनको मूल्यमा भारी गिह्रावट


१६ असार ०७९, काठमाडौं । बुधबार सुनकोमूल्यमा भारी गिह्रावट आएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ सयले घटेर रु ९७ हजार ५ सय कायम भएको हो । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ८ सय मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २ सय ३५ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्