Logo

‘पुरुष हिसाको विरुद्ध पैरवी गर्न आवाज उठ्न थालेको छ ।’

कार्यक्रममा सहभागीहरु । लेन्स : ललितपुर खबर

१७ असार ०७९, ललितपुर । ललितपुरमा आयोजित एक कार्यक्रममा अधिकारवादीहरुले समाजमा अपराधका घटनामा परिवर्तन आएको सन्दर्भ उल्येख गर्दै पुरुष हिंसा बढेको र विरुद्धमा पैरवी गर्न आवाज उठेको बताएका छन् ।
गैरसरकारी संघ ललितपुरकी सचिव नन्दा ताम्रकारले पछिल्लो समयमा पुरुषहरु पनि महिलाका कारण हिंसा सहन बाध्य भएको घटनाहरु सार्वजनिक हुन थालेको बताइन् । भनिन्,‘पुरुष हिसाको पैरवी गर्न आवाज उठ्न थालेको छ ।’
अधिकारकर्मी टिकाराम दाहालले हिंसाबाट पुरुष पनि पिडित हुने अवस्था आएको सन्दर्भमा लैगिक समानताको पक्षमा अधिकारवादी लाग्नु पर्ने बताए । उनले भने, ‘अपराध घटाउन स्थानीय निकायले सुधार गृह संचालन गरेर अपराधिलाई सजाय दिने व्यवस्था गर्नु जरुरी छ ।’
रोसनी कर्माचार्यले शिक्षा र समाजमा आएको परिवर्तनका कारण पछिल्लो समय सासुभन्दा बुहारी शक्तिशाली बनेको बताइन् । भनिन्, ‘हिजोसम्म बुहारी पिडित थिए । आज सासु बुहारीबाट पिडित हुन थालेका छन् । महिलाबाट पुरुष पिडित बनेका घटना उत्तिकै देखिन थालेको छ ।’
जिल्ला समन्वय समिती प्रमुख ऋषिदेव फुँयालले समाज परिवर्तन भएसँगै अपराधका प्रबृति र पिडित र पिडक बदलिने हुँदा अपराध र अधिकारकर्मी चनाखो बन्नु पर्ने बताए ।
समन्वय उपप्रमुख रामलाल थिङले हरेक विद्यालयमा उजुरी पेटिका राखेर अपराधका घटनाका पिडितका उजुरी छानविन गर्नु पर्ने बताए ।
जिल्ला न्याधिवक्ता सुशीला ज्ञावालीले दक्षिण ललितपुरबाट अपराधका घटनामा थोरै मात्रै न्यायका लागि मुद्दा पर्ने गरेको बताइन् ।
जिल्ला प्रहरी प्रमुख दिपक भारतीले दक्षिण ललितपुरमा घरेलु हिंसाका घटना धेरै हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्