Logo

काठमाडौंको तिलिङगेटारमा एक जना मृत फेला


१८ असार ०७९, काठमाडौं । काठमाडौंको तिलिङगेटारमा एक जना युवक मृत फेला परेका छन् । शनिबार बिहान काठमाडौं महानगरपालिका ३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा सोही कम्पनीमा काम गर्ने कामदार मृत फेला परेका हुन् ।
मृत फेला पर्नेमा नुवाकोट मेघाङ गाउँपालिका ६ घर भएका २४ वर्षीय आशिष तामाङ रहेका छन् । उनी कोठाभित्र सुतिरहेकै अवस्थामा मृत फेला परेको प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनको शव पोष्टमर्टमको लागि टिचिङ लगिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्