Logo

गोदावरी साहित्य परिषदको नेतृत्वको जिम्मा फेरि अधिकारीलाई


१८ असार ०७९,ललितपुर । मध्यललितपुरको गोदावरी नगरपालिकामा रहेका साहित्यकार र कलाकर्मीहरुको संगठन गोदावरी साहित्य परिषदको चौथो वार्षिक साधारणसभाले वशिष्ठ अधिकारीको अध्यक्षतामा फेरि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
शनिबार गोदावरीको बज्रवाराहीमा सम्पन्न सभाले परिषदको नयाँ कार्यसमितिको उपाध्यक्ष अनिल महर्जन, सचिव नवराज सञ्जेल, सहसचिव अस्वस्थामा अर्याल र कोषाध्यक्ष शर्मिला दाहाललाई चयन गरेको छ ।
कार्यसमिती सदस्यहरुमा वासुदेव श्रेष्ठ जनार्दन पौडेल, ,शान्ति डंगोल राजकुमार श्रेष्ठ,उषा केसी(सिलवाल), र शिव घिमिरे रहेका छन् ।
सभामा यही आर्थिक वर्षमा गोदावरी साहित्य महोत्सवको आयोजना गर्ने जानकारी गराइएको थियो ।
कार्यक्रममा कार्यक्रममा स्रष्टाहरु शर्मिला दाहाल, श्रीराम पौडेल, चिरन्जीवी सिग्देल,गोपाल संजेल,श्याम घिमिरे, विमला घिमिरे, कृष्ण दाहाल परेली, शिव घिमिरे,हिमरत्न तिमल्सिना, विष्णु थापा,रामप्रसाद घिमिरे(सिकारु राम),सन्तोष दाहाल, नवराज संजेल,बालमुकुन्द आचार्य लगायतले आफ्नो रचना वाचन गरेका थिए । यसअघि पनि परिषदको अध्यक्ष अधिकारी नै थिए ।

प्रतिक्रिया दिनुहोस्