Logo

बाघको आक्रमणबाट एक महिला घाइते

फाइल तस्विर : जावलाखेलको चिडियाखानामा बाघ ।

१९ असार ०७९,चितवन । बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका १३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्