Logo

सुनको भाउ साताको पहिलो दिन वृद्धि


१९ असार ०७९, काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ तीन सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँ कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्