Logo

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ९ जनाको मृत्यु

२१ असार ०७९, काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ । आज बिहान रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा बस दुर्घटना हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।

हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा २५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार थिङका अनुसार पाँच जना पुरुष र चार जना महिला घटनास्थलमै मृत फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्