Logo

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा

२२ असार ०७९, काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले राजीनामा दिएका हुन् ।
उनीमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताए ।

‘मेरो राजीनामा माग्ने नागरिक समाज, युवा पङ्क्तिलाई धन्यवाद । मैले राजीनामा गरेको छैन । तथ्यमा गइदिनुहोला धन्यवाद’, अर्थमन्त्री शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्