Logo

चापागाउँ बुलुबाट विष्णु नारायणको मूर्ति चोरी


२४ असार ०७९, चापागाँउ । ललितपुरको चापागाउँ बुलुमा विष्णु नारायणको मूर्ति चोरी भएको छ । नित्य पूजाका क्रममा मूर्ति नदेखेपछि हराएको पत्ता लागेको हो ।
म्हानगरिय प्रहरी बृत्त चापागाँउका एक प्रहरीका अनुसार अपराध महाशाखा र बृत्तबाट खटिएका प्रहरीले घटनास्थल पुगेर अनुसन्धिान गरेको छ । उनले भने, हामीले खोज्यौ भेटेनौं । मातहतका सबै कार्यालयलाईं हुलिया परिपत्र गरिएको छ ।
५० वर्ष पुरानो विष्णु नारायणको मुर्ति असार २१ गते राति चोरी भएको मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष सारनाथ महर्जनले बताउछन् ।
मन्दिर पुनर्निर्माण गर्दा मुर्तीलाई बेवारिसेका अवस्थामा राखिएको स्थानियहरु ब्ताउछन् ।

 

प्रतिक्रिया दिनुहोस्