Logo

ललितपुरका मेयर चिरिवावुलाई कोरोना संक्रमण पुष्टि

२४ असार ०७९, ललितपुर । ललितपुर महानगरका मेयर चिरिवावु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
महानगरका प्रवक्ता राजु महर्जनका अनुसार आज शुक्रबार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनको अवस्था समान्य छ । उनी घरमै आराम गरिरहेका छन् ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्