Logo

वाराही समाजको अध्यक्षमा चुनिए प्रेमकृष्ण

२६ असार ०७९,यंगुबहाल, ललितपुर । वाराही समाजका अध्यक्षमा प्रेमकृष्ण बाराही चुनिएका छन् । ललितपुरमा शनिबार बसेका ९ औं साधारण सभा समाजको नँया नेतृत्व पनि चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्ष चन्द्रमान बाराही, सचिव दिपक बाराही (अमिर), सहसचिव राधाकृष्ण बाराही, कोषाध्यक्ष उपेन्द्र , सहकोषाध्यक्ष पदमिनी , सदस्यहरुमा दिलकुमार, मोहन प्रशाद, राकेश लाल, मिनुषा, सुरेश, रविन्द्र बाराही निर्विरोध निर्वाचित भएका छन् ।
ललितपुरमा बाराही समाजको नवनिर्मीत भवन उदघाटन गरिएको छ ।
उक्त कार्यक्रममा बाराही दः गुठी तथा बाराही समाज भवन (बाराही छँे) को बाग्मति प्रदेशका सभासदद्धय ज्ञानेन्द्र शाक्य तथा शोभा शाक्य र ललितपुर महानगरका उपमेयर मञ्जली शाक्य बज्राचार्यद्घारा संयुक्त रुपमा उट्घाटन गरेका थिए ।
समाजका अध्यक्ष पूष्परत्न बाराहीले आफ्नो कार्यकालमा समाजले आफ्नै भवन निर्माण सम्पन्न गरेकोमा खुशी ब्यक्त गर्दै सवैको साथ र सुभेच्छाले अगाडि बढ्न प्रेरणा पाएको बताए । जेष्ठ नागरिक सम्मान, विभिन्न शैक्षिक तहमा उत्तिर्णहरुको सम्मान, बन्दशत्र लगायतका कार्यक्रमहरु भएको थियो ।
समाजका उपाध्यक्ष प्रेमकृष्ण बाराहीले धन्यबाद दिंदै आगामी दिनमा हौसला समाजले पाईरहने अपेक्षा गरे ।


सो कार्यक्रममा बागमति प्रदेशका सभासदद्धय ज्ञानेन्द्र शाक्य, शोभा शाक्य, उपमेयर मञ्जली शाक्य बज्राचार्य, गुठी संस्थानका प्रमुख प्रशाशक किरण शाक्य, ८ वडा अध्यक्ष बावुरत्न महर्जन, नेवा देः दबुका अध्यक्ष पवित्र बज्राचार्य, २१ जातिय समाज ललितपुरका प्रतिनिधी लगायतको उपस्थित रहेको थियो ।
तथा ९ औं साधारण सभा शनिवार यगुंबहाल, ललितपुरमा बाराही दः गुठिका थकालि सिंह बहादुर बाराहीको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्