Logo

पाटन बारमा प्रगतिशील समूहका शान्तिराम खतिवडा विजयी

२६ असार ०७९, ललितपुर  । उच्च अदालत बार एसोसिएशन पाटनको नयाँ कार्यसमिति अध्यक्षमा शान्तिराम खतिवडा विजयी भएका छन् । उनी १ हजार ६६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी रामकृष्ण शर्माले २ सय ७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा रामचन्द्र न्यौपाने १ हजार २३ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नारायण खरेलले २ सय ८४ मत प्राप्त गर्नुभएको छ । सचिवमा रवीन्द्रकुमार ढुङ्गाना, सहसचिवमा इन्दु कार्की, कोषाध्यक्षमा मिलन श्रेष्ठ विजयी भएका छन् ।

त्यस्तै १४ जना सदस्यमा रमति महर्जन, भवानी भट्टराई, ईश्वरप्रसाद पुडासैनी, ओमप्रकाश चौधरी, श्याम रोक्का, धर्मराज पौडेल, राजाराम घिमिरे, लावण्यराज कार्की, धनजित बस्नेत, शुलभ खनाल, सरीता आचार्य, रामकुमार खतिवडा, भावेश गौतम र सागर शर्मा विजयी भएका छन् ।

देशका ९० बार एकाईमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या २ हजार ८ सय २८ मतदाता पाटन बारमा छन् । २०औँ नयाँ कार्यसमितिका लागि प्रजातान्त्रिक समूहबाट शर्मा र प्रगतिशील समूहबाट खतिवडाले नेतृत्वमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्