Logo

भक्तपुरको एक रिसोर्टमा १६ वर्षीया किशोरी बलात्कृत

साँकेतिक तस्विर : इन्टरनेट

२७ असार ०७९, भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका ९ ताथली बस्ने २७ वर्षीय टिका राज कटुवाललाई आइतबार पक्राउ गरेको छ ।
ती किशोरीलाई सूर्यविनायक नगरपालिका १० चित्तापोलस्थित एक रिसोर्टमा कुटवालले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । न्युज कारखाना

 

प्रतिक्रिया दिनुहोस्