Logo

सरकारसँग छ खर्वौं पैसा


२८ असार ०७९, काठमाडौं । देश चलाउने सरकारसँग कति पैसा होला ? अनुमान गर्नुस् त ।
हामी यो विषयमा सहजै अनुमान गर्न सक्दैनौं । आर्थिक वर्षको अन्तिम भएको कारण भए पनि थोरै होला भन्ने लाग्न सक्छ ।
तर नेपाल सरकारको खातामा खरवौ रहेको पाइएको छ । सरकारको पैसा चलाउने नेपाल राष्ट्र बैंकका अनुसार सरकारको विभिन्न खातामा रु ३५१ अर्ब ९१ करोड रहेको जानकारी दिएको छ । यो प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत नगद मौज्दात हो ।
नेपाल राष्ट्र बैंकले देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेसँगै यो तथ्याङ्क बाहिरिएको हो । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एघार महिनाको तथ्यांक सार्वजनिक गरेको हो ।
सार्वजनिक तथ्यांकअनुसार २०७९ जेठ मसान्तमा २०७८ असार मसान्तमा यस्तो मौज्दात रु १ सय ९८ अर्ब ७६ करोड रहेको थियो । उक्त विवरणमा देशको समग्र अर्थतन्त्रको अवस्थाका बारेमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्