Logo

८० राउण्ड गोलीसहित १८ वर्षीय युवक पक्राउ

२९ असार ०७९, बिर्तामोड । झापाका विभिन्न स्थानमा मोबाइल चोरीमा संलग्न  भद्रपुर नगरपालिका–५ का १८ वर्षीय मोहमद प्यारेको साथबाट ८० राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भद्रपुरमा राजु अग्रवालले सञ्चालन गरेको प्रियंका मोवाइल पसलमा विभिन्न कम्पनीका मोबाइल चोरी भएपछि प्रहरीले प्यारेको घरमा छापा मारेको थियो ।  प्रहरीले उनको घरमा गाडेको अवस्थामा सो परिणामको गोलीसहित विभिन्न कम्पनीका मोवाइल र चार्जर फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीमा ५ लाख १८ हजार २ सय रुपियाँ बराबरको सामान चोरी भएको भनी उजुरी परेको थियो । खोज्नेक्रममा उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको   जनाएको  छ । उनीबाट चोरिएका २९ थान मोबाइल, २ थान घडी र ६१ हजार ५०० रुपियाँ नगद र चोरीमा प्रयोग गर्ने रडलगायातका सामग्री फेला पारेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्